दफा ६
कार्यकारी निर्देशक
६. कार्यकारी निर्देशकः
(१) समितिको प्रशासकीय प्रमुखको रुपमा काम गर्न समितिमा एक जना कार्यकारी निर्देशक रहनेछ ।
(२) मन्त्रालयले मान्यता प्राप्त विश्वविद्यालयबाट कुनै विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेका व्यक्तिहरुमध्येबाट कार्यकारी निर्देशक नियुक्त गर्नेछ ।
(३) कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यकारी निर्देशकको काम सन्तोषजनक नभएमा वा निजले समितिको हित विपरीत कुनै काम गरेमा मन्त्रालयले निजको पदावधि पूरा नहुँदै निजलाई कार्यकारी निर्देशकको पदबाट हटाउन सक्नेछ । तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मनासिब मौकाबाट वञ्चित गरिने छैन ।
(५) कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाको अन्य शर्त तथा सुविधा नेपाल सरकारको स्वीकृतिलिई समितिले तोकेबमोजिम हुनेछ ।