दफा १३
कार्यकारी निर्देशक
(१) बोर्डको प्रशासकीय प्रमुखको रुपमा एकजना कार्यकारी निर्देशक रहनेछ ।
(२) नेपाल सरकारले कार्यकारी निर्देशक पदमा उपयुक्त व्यक्तिलाई नियुक्त गर्न वा तोक्न
सक्नेछ ।
(३) कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ र निज पुन बढीमा चार वर्षको
लागि नियुक्त हुन वा तोकिन सक्नेछ ।
(४) कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार र पारिश्रमिक सेवाको शर्त तथा
सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।