दफा २१
कार्यकारी निर्देशक
२१. कार्यकारी निर्देशकः
(१) नेपाल सरकारले आयोगको सचिवालयमा कार्यकारी निर्देशकको रुपमा काम गर्ने प्रयोजनको लागि निजामती सेवाको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृतलाई तोक्नेछ ।
(२) यस आदेशमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ –
(क) सचिवालयको प्रशासकीय प्रमुखको रुपमा काम गर्ने,
(ख) सचिवालयको प्रशासकीय काम कारबाहीलाई व्यवस्थित गर्ने गराउने,
(ग) प्रचलित कानुन बमोजिम विभागीय प्रमुखको हैसियतले गर्नुपर्ने काम गर्ने,
(घ) तोकिएबमोजिमका अन्य काम गर्ने गराउने ।