दफा १३
कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
  कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) सभाको निर्णय र निर्देशनहरु कार्यान्वयन गर्ने, गराउने,
(ख) विश्वविद्यालयको वार्षिक कार्यक्रम, बजेट, प्रगति विवरण, लेखापरीक्षण प्रतिवेदन र अन्य प्रस्तावहरु तयार गरी स्वीकृतिको लागि सभा समक्ष पेश गर्ने,
(ग) विश्वविद्यालयको कोष तथा चल, अचल सम्पतिको सञ्चालन, रेखदेख र नियन्त्रण गर्ने,
(घ) सभाको नीति निर्देशनको अधीनमा रही विश्वविद्यालयको चल, अचल सम्पति बेचबिखन गर्ने तथा ठेक्का पट्टामा दिने,
(ङ) विश्वविद्यालयद्वारा सञ्चालित कार्यक्रमहरुको समन्वय, रेखदेख तथा निरीक्षण गर्ने र सोको प्रतिवेदन सभामा पेश गर्ने,
(च) विश्वविद्यालय सम्बन्धी नियमको मस्यौदा तयार गरी स्वीकृतिको लागि सभामा पेश गर्ने,
(छ) विश्वविद्यालयको लागि आवश्यक पर्ने शिक्षक तथा कर्मचारीहरु तोकिए बमोजिम नियुक्ति र बढुवा गर्ने,
(ज) विश्वविद्यालयलाई प्राप्त दान, दातव्य, आर्थिक तथा अन्य सहयोग ग्रहण गर्ने,
(झ) विद्यार्थी शुल्क निर्धारण गर्ने, र
(ञ) तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।