नियम ३१
कार्यकारी प्रमुखको छनौट सम्बन्धी कार्यविधि
(१) कार्यकारी प्रमुखको नियुक्तिको लागि
उपयुक्त उमेद्वार छनौट गरी नाम सिफारिस गर्न ऐनको दफा १३ को उपदफा (४)
बमोजिमको सिफारिस समितिले कम्तीमा पन्ध्र दिनको म्याद दिई राष्ट्रिय स्तरका कम्तीमा
तीनवटा दैनिक समाचारपत्रमा उमेदवारहरूको प्रतिस्पर्धाका लागि सूचना प्रकाशन गर्नु
पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचनामा अन्य कुराको अतिरिक्त कार्यकारी
प्रमुखको कार्यविवरण र सम्बन्धित उम्मेदवार कार्यकारी प्रमुख पदमा नियुक्त भएमा
निजको कार्य अवधिभित्र बोर्ड तथा कार्यालयमा निजले गर्न सक्ने कार्य योजनाको प्रारुप
पेश गर्न सम्भावित उमेदवारहरूबाट प्रस्ताव आव्हान गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्रस्ताव आव्हान भएकोमा सम्भावित उम्मेदवारले
निज छनौटको लागि सिफारिस भई नियुक्ति भएमा निजले कार्यान्वयन गर्ने रणनीति र
कार्ययोजनाको प्रस्ताव सहित देहायको विवरण संलग्न गरी अनुसूची–७ बमोजिमको
ढाँचामा निवेदन सिफारिस समितिको सचिवालयमा पेश गर्नु पर्नेछः–
(क) ऐनको दफा १३ को उपदफा (३) बमोजिम निजको योग्यता
पुगेको विवरण,
(ख) निजले हासिल गरेको कार्य अनुभवको विवरण,
(ग) निजको वैयक्तिक विवरण ।
(४) उपनियम (३) बमोजिम प्रस्ताव पेश गर्दा सम्भावित उम्मेदवारले आफ्नो
प्रस्तावमा देहायका कुराहरू उल्लेख गर्नु पर्नेछः–
(क) ऐनको उद्देश्य बमोजिम कार्यकारी प्रमुखको हैसियतमा कार्य
सम्पादन गर्दा पु¥याउन सक्ने समग्र योगदान र सोको
अवधारणा,
(ख) लगानी बोर्डको व्यावसायिक कार्यक्रम, योजना र कार्ययोजनाको
प्रारुप,
(ग) लगानी बोर्डलाई ऐनको उद्देश्य अनुरुप अगाडी बढाउने
रणनीतिको प्रारुप,
(घ) कार्यकारी प्रमुख पदमा निजको दावीको आधार, कार्य सम्पादन
गर्न सक्ने विश्वसनीय आधार र सोको पुष्ट्याई ।
(५) उपनियम (३) र (४) बमोजिम पेश भएको प्रस्तावको मूल्याङ्कन सिफारिस
समिति आफैं वा सिफारिस समितिबाट नियुक्त कम्तीमा तीन जना विशेषज्ञ रहेको
विशेषज्ञ समितिबाट हुनेछ ।
(६) उपनियम (५) बमोजिम मूल्याङ्कन गर्दा योग्यता (मेरिट क्रम) अनुसार
उपयुक्त देखिएको कम्तीमा तीन जना उम्मेदवारहरूको नाम सो समितिले सूचीकृत गर्नु
पर्नेछ ।
(७) उपनियम (६) बमोजिम सूचीकृत भएका उम्मेदवारहरूले सिफारिस समिति
र उपनियम (५) बमोजिम विशेषज्ञ समिति गठन गरेको भए त्यस्तो समिति समक्ष
उपनियम (४) को खण्ड (ख) बमोजिमको विषय प्रस्तुत गर्नु पर्नेछ ।
(८) उपनियम (७) बमोजिमको प्रस्तुतिका अतिरिक्त सिफारिस समिति वा
विशेषज्ञ समितिले सम्बन्धित उम्मेदवारसँग रणनीतिगत छलफल (स्ट्राटेजिक डिस्कशन)
गर्न वा निजसँग अन्तवार्ता लिनु पर्नेछ ।
(९) उपनियम (७) बमोजिमको प्रस्तुति र उपनियम (८) बमोजिमको छलफल
तथा अन्तरवार्ताबाट मूल्याङ्कन गर्दा सबभन्दा बढी उपयुक्त देखिएका तीन जना
उम्मेदवारलाई सिफारिस समितिले कार्यकारी प्रमुख पदमा नियुक्तिका लागि नेपाल
सरकार, मन्त्रिपरिषद समक्ष सिफारिस पेश गर्नेछ ।
(१०) उपनियम (९) बमोजिम उम्मेदवारहरू सिफारिस गर्दा देहायको अंक भारका
आधारमा सिफारिस समितिले मूल्याङ्कन गरी सिफारिस गर्नु पर्नेछ ः–
(क) उमेदवारको योग्यता तथा अनुभव – १५ अंक
(ख) प्रस्तावित व्यावसायिक कार्यक्रम, योजना र कार्य योजनाको
प्रारुप – ५० अंक
(ग) रणनीतिगत छलफल वा अन्र्तर्वाता वा दुवै – २५ अंक
(घ) उमेदवारको नैतिकता, समाजमा कायम रहेको प्रतिष्ठा तथा
व्यक्तित्व – १० अंक
(११) सिफारिस समितिले सम्भव भएसम्म सर्व सम्मतिको आधारमा
उम्मेदवारहरूको छनौट गर्नेछ र सर्व सम्मति कायम हुन नसकेमा कम्तीमा दुई जना
सदस्यहरूको बहुमतबाट उमेदवारहरू छनौट गरी सिफारिस गर्नेछ ।
(१२) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (३)
बमोजिम निवेदन दिएका वा उपनियम (६) बमोजिम सूचीकृत भएको वा उपनियम (९)
बमोजिम मूल्याङ्कन भएका उम्मेदवारहरूको संख्या तीन जना भन्दा कम भएमा
उमेद्वार छनौट सम्बन्धी सम्पूर्ण कार्यविधि रद्द हुनेछ र उपनियम (१) बमोजिम पुन
सूचना प्रकाशन गर्नु पर्नेछ ।
(१३) सिफारिस समितिले कार्यकारी प्रमुखको उम्मेदवार छनौट सम्बन्धमा
अपनाउने अन्य कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(१४) प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक तथा पूर्वाधार विकास
महाशाखाले सिफारिस समितिको सचिवालयको रुपमा काम गर्नेछ ।
(१५) यो नियमावली प्रारम्भ हँुदाका बखत बहाल रहेको कार्यकारी प्रमुख यसै
नियमावली बमोजिम नियुक्त भएको मानिनेछ ।