नियम १३
१३
१३. प्रस्ताव छनौट गर्नेः (१) नियम ११ को उपनियम (८) बमोजिम कार्यालयले बोर्ड समक्ष
प्रस्तावको मूल्याङ्कन तथा विश्लेषण गरी प्रतिवेदन पेश गरेको पन्ध्र दिनभित्र बोर्डले
प्रस्ताव छनौट गर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रस्ताव छनौट गर्दा अन्य कुराको अतिरिक्त देहायको
आधारमा सबभन्दा बढी उपयुक्त देखिएको प्रस्तावलाई छनौट गर्नेछः–
(क) प्राविधिकरुपमा आकर्षक डिजाइन र परियोजनाको दीगोपना
कायम गर्ने,
(ख) परियोजना कार्यान्वयनको आकर्षक व्यावसायिक योजना प्रस्ताव
गर्ने,
(ग) परियोजना कार्यान्वयन भएपछि नेपाल सरकारलाई सबभन्दा
बढी रोयल्टी वा दस्तुर भुक्तानी गर्ने,
(घ) परियोजना कार्यान्वयन भएपछि उपभोक्ताहरूबाट सबभन्दा कम
महसुल असूल गर्ने,
(ङ) वातावरणीय रुपमा न्यून क्षति पु–याउने र परियोजना प्रभावित
परिवार र क्षेत्रलाई आकर्षक राहत प्रस्ताव गर्ने ।
(३) उपनियम (२) बमोजिम प्रस्ताव छनौट भएपछि कार्यालयले त्यसको सूचना
प्रस्ताव पेश गर्ने लगानीकर्ताहरूलाई तीनदिन भित्र दिनु पर्नेछ ।