नियम ३४
कार्यकारी प्रमुखलाई हटाउन सकिने
(१) नियम ३२ को उपनियम (७) बमोजिम कार्य
सम्पादन करार बमोजिम कार्य सम्पादन गर्न नसकेमा कार्यकारी प्रमुखको कार्य
सम्पादनको स्तर सन्तोषजनक नभएको मानिनेछ र सोही आधारमा निजलाई नेपाल
सरकारले सो पदबाट हटाउनेछ ।
(२) उपनियम (१) बमोजिम निजलाई सो पदबाट हटाउनु परेमा हटाउनु नपर्ने
कुनै कारण भए सात दिनभित्र पेश गर्न नेपाल सरकारले सफाईको मौका दिई निजबाट
स्पष्टीकरण माग गर्नेछ ।
(३) उपनियम (२) बमोजिम सफाईको मौका दिई स्पष्टीकरण माग गरेकोमा
कार्यकारी प्रमुखले निर्धारित अवधिभित्र निजलाई हटाउन नपर्ने कारण सहितको
स्पष्टीकरण नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम पेश गरेको स्पष्टीकरण सन्तोषजक देखिएमा नेपाल
सरकार, मन्त्रिपरिषदले कार्यकारी प्रमुखको कार्य सम्पादन स्तरमा कार्य सम्पादन करार
अनुकुल हुने गरी सुधार गर्न तीन महिनासम्मको समय दिनेछ ।
(५) उपनियम (३) बमोजिम स्पष्टीकरण पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण
सन्तोषजनक नदेखिएमा वा उपनियम (४) बमोजिम दिएको समयसीमाभित्र कार्यकारी
प्रमुखको कार्य सम्पादनको स्तरमा सुधार नआएमा नेपाल सरकार, मन्त्रिपरिषद्ले निजलाई
सो पदबाट हटाउनेछ ।