दफा
कार्यकारी समितिको गठन
(१) प्रतिष्ठानको उद्देश्य एवं नीति अनुरुप प्रशिक्षण एवं अनुसन्धान कार्यक्रमलाई सुव्यस्थित रुपले संचालन गर्न गराउन देहाय बमोजिमका सदस्यहरु भएको कार्यकारी समितिको गठन हुनेछः–
(क) प्रतिष्ठानको कार्यकारी निर्देशक – अध्यक्ष
“(ख) सचिव¸ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय -सदस्य (ग) सचिव¸ कानून¸ न्याय तथा संसदीय मामिला   मन्त्रालय -सदस्य”
(घ) सचिव, अर्थ मन्त्रालय – सदस्य
(ङ) सचिव, लोकसेवा आयोग – सदस्य
(च) सचिव, राष्ट्रिय योजना आयोग – सदस्य
(छ) नेपाल सरकारबाट मनोनीत तीन जना व्यक्ति – सदस्य
(ज) परिषद्ले तोकेको प्रतिष्ठानको उप–कार्यकारी निर्देशक– सदस्य–सचिव
(२) समितिले आवश्यक देखेमा विशेज्ञलाई समितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग
लिनको आमन्त्रण गर्न सक्नेछ ।
(३) समितिको मनोनीत सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ । त्यस्ता मनोनीत
सदस्यहरुले पाउने पारिश्रमिक तथा अन्य सुविधा तोकिए बमोजिम हुनेछ ।
(४) समितिको बैठक आवश्यकतानुसार बस्नेछ ।
(५) समितिको बैठकको गणपूरक संख्या तथा अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।