(१) बोर्डको कार्य सञ्चालनको निमित्त देहाय बमोजिमको एउटा कार्यकारी समिति हुनेछः–
(क) कृषि तथा पशुपंक्षी विकास मन्त्री -अध्यक्ष
(ख) कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सचिव -उपाध्यक्ष
(ग) दुग्ध उत्पादक सहकारी संस्थाका कृषक प्रतिनिधि – चार जना – सदस्य
(घ) निजी दुग्ध व्यवसायी संघका प्रतिनिधि – तीन जना प्रतिनिधि – सदस्य
(ङ) नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि– एक जना – सदस्य
(च) पशु सेवा विभागको प्रतिनिधि – एक जना – सदस्य
(छ) महाप्रवन्धक, दुग्ध विकास संस्थान – सदस्य
(ज) कार्यकारी निर्देशक वा निमित्त कार्यकारी निर्देशक, राष्ट्रिय दुग्ध विकास बोर्ड – सदस्य–सचिव
(२) नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समितिका सदस्यहरुमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
(३) उपदफा (१) को खण्ड (घ), (ङ), (च) र (छ) बमोजिमका सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ र निजहरु पुन मनोनीत वा निर्वाचित हुन सक्ने छन्।