दफा १५
कार्यक्रम र बजेटमा संशोधन
: दफा १३ र १४ अनुसार पेश गरिएको कार्यक्रम र बजेट दफा १० र १७ अन्तर्गतको ठेकेदारको दायित्व अनुरूपको हुनेछ । नयाँ भौगर्भिक जानकारी वा आधुनिक अन्वेषण प्रविधिको विकासको कारणले गर्दा दफा १३ र १४ बमोजिम निर्धारित कार्यक्रमहरूको विवरणहरू परिवर्तन गर्न परेमा ठेकेदारले विभागको स्वीकृति लिएर आवश्यक सम्झेका कुराहरू परिवर्तन गर्न सक्नेछ । तर त्यस्तो परिवर्तनले कार्यक्रमको मूख्य उद्देश्यमा फरक पर्ने हुनुहुँदैन र यस सम्झौताको व्यवस्थाबमोजिम बाहेक कुनै हालतमा पनि दफा १० मा उल्लिखित कार्य दायित्वबाट ठेकेदार मुक्त हुनेछैन ।