दफा १४
कार्यक्रम सञ्चालन गर्ने
दफा १३ बमोजिम परिषद्सँग आवद्ध भएका युवा सम्बन्धी संघ, संस्थाले आफ्नो विधानको अधीनमा रही वेरोजगार युवालाई विभिन्न ज्ञान र सीप सम्बन्धी तालीम प्रदान गर्न, युवालाई सशक्तिकरण गर्न र पिछडिएको समुदाय वा वर्गको युवाको हक, हितको संरक्षण हुने विभिन्न कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।