नियम १३७क
कार्यक्षमताको अभाव मानिने
(१) कुनै शिक्षकले आफूले अध्यापन गराएको विषयमा तीन शैक्षिक सत्रसम्म लगातार देहायका आधारमा पचास प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएमा त्यस्तो शिक्षकमा कार्य क्षमताको अभाव भएको मानिनेछः–
अध्यापन गरेको विषयको कक्षागत औसत उत्तीर्ण प्रतिशत            ×    १००
सम्बन्धित विषयको भौगोलिक इकाईको औसत उत्तीर्ण प्रतिशत
स्पष्टीकरणः यस उपनियमको प्रयोजनको लागि “भौगोलिक इकाई” भन्नाले सम्बन्धित विद्यालयको श्रोत केन्द्रलाई जनाउँछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भौगोलिक इकाईको औसत उत्तीर्ण प्रतिशतको अंक चालीस भन्दा कम भएमा चालीस अड्ढलाई आधार लिई हिसाब गरिनेछ ।