दफा २१
कार्ययोजना विपरीत काम गर्नेलाई हुने सजाय
(१) सामुदायिक वनमा कुनै उपभोक्ताले कार्ययोजना विपरीत हुने कुनै काम गरेमा निजलाई सम्बन्धित उपभोक्ता समूहले जरिबाना गर्न सक्नेछ र त्यस्तो कामबाट कुनै हानि नोक्सानी भएकोमा बिगो बराबरको रकम क्षतिपूर्तिको रुपमा असुल गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम उपभोक्ता समूह आफैंले कारबाही गर्न नसकेमा सो समूहले डिभिजन वन कार्यालयलाई कारबाहीको लागि सिफारिस गर्न सक्नेछ र यसरी सिफारिस भई आएमा डिभिजनल वन अधिकृतले त्यस्तो जरिबाना गर्न सक्नेछ।
(३) उपदफा (१) बमोजिम जरिबाना गरेको कारणले मात्र त्यस्तो व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही._गर्न बाधा पुगेको मानिने छैन।