नियम १३
कार्यव्यवस्था परामर्श समिति
(१) राष्ट्रिय सभाको बैठकमा पेश हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र अध्यक्षले आवश्यक ठह¥याएको अन्य विषयमा परामर्श दिन अध्यक्षको अध्यक्षतामा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण संसदीय दलका सदस्यको प्रतिनिधित्व हुने गरी नौ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन गर्न सक्नेछ । (२) उपनियम (१) बमोजिमको समितिमा अध्यक्षले कम्तीमा एकजना महिला सहित दुई जना सदस्य मनोनयन गर्न सक्नेछ । (३) उपाध्यक्ष र संसदीय मामिला मन्त्री समितिको क्रमशः पदेन उपाध्यक्ष तथा सदस्य हुनेछन् । (४) यस नियममा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्षले आफूलाई उपयुक्त लागेको कुनै सदस्यलाई कार्यव्यवस्था परामर्श समितिको बैठकमा आमन्त्रित सदस्यको रुपमा आमन्त्रण गर्न सक्नेछ ।