नियम ५
कार्यसूची तयार गर्नु पर्ने
(१) प्रस्तावकले वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्नु अघि देहायको ढाँचामा कार्यसूची तयार गर्नु पर्नेछः-
(क) संक्षिप्त वातावरणीय अध्ययनसँग सम्बन्धित कार्यसूची अनुसूची-६ बमोजिम,
(ख) प्रारम्भिक वातावरणीय परीक्षणसँग सम्बन्धित कार्यसूची अनुसूची-७ बमोजिम,
(ग) वातावरणीय प्रभाव मूल्याङ्कनसँग सम्बन्धित कार्यसूची अनुसूची-८ बमोजिम ।
(२) उपनियम (१) बमोजिम तयार गरिएको कार्यसूची स्वीकृतिको लागि प्रस्तावकले देहायको निकाय समक्ष पेश गर्नु पर्नेछः-
(क) ऐनको दफा ३ को उपदफा (२) को खण्ड (क) बमोजिमको विकास निर्माण सम्बन्धी कार्य बा आयोजनाको वातावरणीय अध्ययन सम्बन्धी कार्यसूची भए - नेपाल सरकारको सम्बन्धित मन्त्रालय,
(ख) ऐनको दफा ३ को उपदफा (२) को खण्ड (ख) बमोजिमको बिकास निर्माण सम्बन्धी कार्य बा आयोजनाको वातावरणीय अध्ययन सम्बन्धी कार्यसूची भए प्रदेश कानूनले तोकेको निकाय,
(ग) ऐनको दफा इ को उपदफा (२) को खण्ड (ग) बमोजिमको बिकास निर्माण सम्बन्धी कार्य वा आयोजना मध्ये संक्षिप्त वातावरणीय अध्ययन वा प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी कार्यसूची भए स्थानीय कानूनले तोकेको निकाय र वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी कार्यसूची भए प्रदेश कानूनले तोकेको प्रदेश सरकारको निकाय ।
(३) यस नियम बमोजिम कार्यसूची तयार गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने प्रस्तावको हकमा प्रस्तावकले नियम ४ बमोजिम स्वीकृत क्षेत्र निर्धारण प्रतिवेदन समेतको आधारमा तयार गर्नु पर्नेछ ।
तर प्रस्तावकले कुनै प्रस्तावको सम्बन्धमा क्षेत्र निर्धारण प्रतिवेदन र कार्यसूची बनाई स्वीकृतिको लागि एकै साथ पेश गर्न सक्नेछ । (४) उपनियम (२) बमोजिम वातावरणीय: प्रभाव मूल्याङ्कन सम्बन्धी कार्यसूची पेश भएकोमा त्यस्तो निकायले आवश्यक जाँचबुझ गरी आफ्नो राय. सहित पन्ध्र दिन भित्र नियम ४ को उपनियम (६) वा (८) बमोजिसको निकाय समक्ष पठाउनु पर्नेछ ।
(५) उपनियम (२) वा (४) बमोजिम कार्यस्ची प्रा भएकोमा संक्षिप्त वातावरणीय अध्ययन बा प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी कार्यसूचीको हकमा उपनियम (२) बमोजिमको निकायले र वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी कार्यसूचीको हकमा उपनियम (४) बमोजिमको निकायले आवश्यक जाँचबुझ गरी मनासिब लागेमा पेश भए बमोजिम बा आवश्यकता अनुसार परिमार्जन समेत गरी त्यस्तो कार्यसूची प्राप्त भएको मितिले पन्ध्र दिन भित्र स्वीकृत गर्नु पर्नेछ ।
(६) उपनियम (५) को प्रयोजनको लागि दिन गणना गर्दा थप कागजात माग गंरकोमा त्यस्तो कागजात प्राप्त भएको मितिबाट र कुनै विषयमा थप स्पष्ट गर्न लेखी पठाएकोमा त्यस्तो विषयमा स्पष्ट भई आएको मितिबाट गणना गरिनेछ ।