नियम २३
कार्यसूचीको वितरण
(१) नियम २१ वा नियम २२ बमोजिम प्राप्त प्रस्तावहरुको आधारमा मन्त्रिपरिषद्को
सचिवले मन्त्रिपरिषद्मा छलफल हुने विषयको कार्यसूची प्रधानमन्त्रीद्वारा निर्धारित तरिका अनुसार तयार गर्नेछ ।
तर, प्रधानमन्त्रीले अन्यथा आदेश दिएकोमा प्रस्तावको रुपमा पेश नगरिएको विषयलाई पनि
कार्यसूचीमा समावेश गर्न सकिनेछ ।
(२) सामान्यतः मन्त्रिपरिषद्को बैठक बस्नु भन्दा चौबीस घण्टा अगावै बैठकको कार्यसूची तथा
तत्सम्बन्धी कागजातहरु मन्त्रिपरिषद्को सचिवले प्रत्येक मन्त्रीलाई क्याबिनेट स्वचालित प्रणाली मार्फत सम्प्रेषण गर्नेछ ।
(३) प्रधानमन्त्रीले अनुमति दिएकोमा बाहेक कार्यसूचीमा नपरेको विषय मन्त्रिपरिषद्को बैठकमा पेश
हुने छैन ।
(४) उपनियम (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अवस्थामा कुनै विषयको महत्त्व, संवेदनशीलता वा गाम्भीर्य हेरी मन्त्रिपरिषद्को बैठकमा छलफल हुने प्रस्ताव मन्त्रिपरिषद्को बैठक अघि सम्प्रेषण नगर्नसकिनेछ ।