नियम
कार्यालयको काम

(१) कार्यालयले देहायका कार्य सम्पादन गर्नेछः–

(क) अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को लिखत ९३०३ ले तोकेको मापदण्ड बमोजिमको मेशिन रिडेवल राहदानी (मेशिन रिडेवल पासपोर्ट), इलेक्ट्रोनिक राहदानी (ई–पासपोर्ट), बायोमेट्रिक राहदानी (बायोमेट्रिक पासपोर्ट) वा जरुरी राहदानी (इमर्जेन्सी पासपोर्ट) जारी गर्ने,

(ख) राहदानीको ढाँचा तयार गरी स्वीकृतिको लागि नेपाल सरकार समक्ष पेश गर्ने र स्वीकृत ढाँचा अनुरुपको राहदानी वितरण गर्ने,

(ग) राहदानीको लागि परेको निवेदन उपर आवश्यक छानबिन गरी राहदानी जारी गर्ने,

(घ) यात्रा अनुमतिपत्रको लागि निवेदन लिने र यात्रा अनुमतिपत्र जारी गर्ने,

(ङ) जारी गरेको राहदानी तथा यात्रा अनुमतिपत्र सम्बन्धी अभिलेख बिद्युतीय स्वरुपमा सुरक्षित राख्ने,

(च) राहदानी (छपाई तथा व्यवस्थापन सम्बन्धी आवश्यक अन्य कार्य गर्ने,

(च१) राहदानीको लागि परेका विद्युतीय निवेदन तथा विवरण संकलन गर्ने,

(च२) इलेक्ट्रोनिक राहदानीमा राहदानी बाहकको व्यक्तिगत विवरण सहितको उपकरण (चिप्स वा माइक्रोचिप्स) राख्ने,

(छ) नेपाल सरकारले तोकेको अन्य कार्य गर्ने ।

(२) कार्यालयले यस नियमावली बमोजिम साधारण राहदानी जारी गर्ने अधिकार नेपाल सरकारका अन्य कुनै निकाय वा नियोगहरुलाई प्रत्यायोजन गर्न सक्नेछ ।