नियम
कुटनीतिक वा विशेष राहदानीको लागि निवेदन दिने
(१) ऐन तथा यस नियमावली बमोजिम कुटनीतिक वा विशेष राहदानी जारी: गरिने व्यक्तिले अनुसूची-१ बमोजिमको निकायमा अनुसूची-२ बमोजिमको ढाँचामा दुई प्रति निवेदन फाराम पेश गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम निवेदन दिँदा देहायका कागजात संलग्न गर्नु पर्नेछः-

(क) नागरिकताको प्रमाणपत्रको सक्कल र सोको प्रतिलिपि बा राष्ट्रिय परिचयपत्र लिएको भए सोको सक्कल र प्रतिलिपि,

(ख) अनुसूची-३ बमोजिमको फोटो एक प्रति,

(ग) सम्बन्धित निकायबाट कुटनीतिक वा विशेष राहदानी जारी गरिदिन लेखिएको सिफारिसपत्र, (घ) सम्बन्धित निकायबाट मनोनयन गरिएको मनोनयनपत्रको प्रमाणित प्रतिलिपि,

(ङ) पहिला कुटनीतिक वा विशेष राहदानी लिएको भए सक्कल राहदानी र सोको प्रतिलिपि ।