दफा ३०
कुलपतिको काम, कर्तव्य र अधिकार
(१) यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त कुलपतिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) विश्वविद्यालय परिषद्को निर्णय र निर्देशन कार्यान्वयन गर्ने वा गराउने,
(ख) विश्वविद्यालयका सबै काम कारबाही उपर सामान्यतः नियन्त्रण र रेखदेख गर्ने,
(ग) विश्वविद्यालयको काम कारबाहीमा आफ्नो अधिकारक्षेत्रभित्र रहेको विषयमा निर्देशन दिने,
(घ) विश्वविद्यालयद्वारा सञ्चालित कार्यक्रमहरूको समन्वय, अनुगमन र मूल्याङ्कन गर्ने वा गराउने र सोको प्रतिवेदन कार्यकारी परिषद्मा पेश -गर्न,
(ङ) विश्वविद्यालय परिषद्मा पेश गर्नु पर्ने प्रस्ताव पेश गर्न लगाउने,
(च) विश्वविद्यालयको विकासका लागि अल्पकालीन र दीर्घकालीन कार्यक्रम तय गर्ने, गराउने,
(छ) विश्वविधालयलाई आवश्यक स्रोतको व्यवस्था गर्ने,
(ज) आर्थिक अनुशासन, मितव्ययिता र पारदर्शिता कायम गर्ने, गराउने,
(झ) विश्वविधालयको सम्पत्तिको व्यवस्थापन, सुरक्षा र संरक्षण गर्ने, गराउने,
(ज) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियममा कुनै निकाय वा पदाधिकारीले गर्ने भनी उल्लेख भएदेखि बाहेकका अन्य काम गर्ने,
(ट) विश्वविद्यालयसँग सम्बन्धित जनगुनासो विश्लेषण गरी सोको सम्बोधन तथा व्यवस्थापन गर्ने, र (ठ) विश्वविधालय परिषद्ले तोकेका अन्य काम गर्ने।
(२) उपदफा (१) को खण्ड (ज) बमोजिम कुलपतिले गरेको नीतिगत निर्णय वा सो सम्बन्धी काम कारबाहीको जानकारी निजले विश्वविद्यालय परिषद्लाई गराउनु पर्नेछ।