दफा १६
कुलपतिु
(१) प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुनेछ ।
(२) कुलपति विश्वविद्यालयको प्रमुख र सभाको अध्यक्ष हुनेछ । निज उपस्थित रहेको अवस्थामा निजले सभाको बैठकमा र विश्वविद्यालयको दीक्षान्त समारोहमा अध्यक्षको आसन ग्रहण गर्नेछ ।
(३) कुलपतिले विश्वविद्यालय वा विश्वविद्यालयसंग सम्बन्धित जुनसुकै विषय वा वस्तुको निरीक्षण गर्न र निर्देशन दिन सक्नेछ ।