दफा १८
कुल–सचिव
(१) विश्वविद्यालयको कुल–सचिवको नियुक्ति उप–कुलपतिको सिफारिशमा कुलपतिबाट एक पटकमा चार वर्षको लागि हुनेछ ।
(२) कुल–सचिव पूरा समय काम गर्ने वैतनिक पदाधिकारी हुनेछ ।
(३) कुल–सचिवको रेखदेखमा विश्वविद्यालयको सामान्य प्रशासन कोष रहनेछ र विश्वविद्यालयले अपनाउने आर्थिक नीतिको सम्बन्धमा निजले आफूलाई उपयुक्त लागेको सल्लाह सभालाई दिनेछ ।
(४) सभामा पेश गरिने विश्वविद्यालयको आयव्ययको वार्षिक अनुमान तयार गर्ने, छात्रहरूको नाम दर्ता गर्ने र प्र्रमाणपत्रको व्यवस्था गर्ने जिम्मेवारी कुल–सचिवको हुनेछ ।
(५) कुल–सचिवले विश्वविद्यालयको हिसाव किताव तोकिएबमोजिम जाँच्न लगाई त्यसको प्रतिवेदन सभामा पेश गर्नेछ ।
(६) कुल–सचिवको अन्य काम, कर्तव्य, अधिकार तथा निजको पारिश्रमिक र सेवाका शर्त तोकिएबमोजिम हुनेछ ।