नियम १५
केन्द्रको अन्य काम, कर्तव्य र अधिकार
केन्द्रको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) बीउ बिजन प्रमाणीकरणको लागि क्षेत्रीयस्तरका बीउ बिजन परीक्षण प्रयोगशालाहरू मार्फत बीउ बिजन प्रमाणीकरण तथा सुपरिवेक्षण गर्ने, गराउने,
(ख) बीउ बिजनको गुणस्तर सम्बन्धी विवादको समाधानका लागि गुणस्तर निर्धारण तथा व्यवस्था उपसमिति समक्ष पेश गर्ने,
(ग) क्षेत्रीय बीउ बिजन परीक्षण प्रयोगशालाहरूबाट प्रमाणीकरण गरी लगाइएको गुणस्तर संकेतपत्रको अभिलेख राख्ने,
(घ) बीउ बिजन बिक्री वितरणको लागि यथार्थ संकेतपत्र अनिवार्य रुपमा राख्न लगाउने,
(ङ) बीउ बिजन व्यवसायीहरूलाई अभिमुखीकरण तालिम दिने,
(च) बाली निरीक्षक, बीउ बिजन नमूना सङ्कलक र बीउ बिजन विशलेषकलाई अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्ने,
(छ) बाली निरीक्षक, बीउ बिजन नमूना सङ्कलक र बीउ बिजन विश्लेषकलाई समितिले दिएको अनुमतिपत्रको लगत राख्ने,
(ज) बाली निरीक्षक, बीउ बिजन नमूना सङ्कलक र बीउ बिजन विश्लेषकहरूलाई तालिम दिने,
(झ) आवश्यक शर्त तोकी मूल बीउ उत्पादन एवं जातीय विकास तथा सम्वर्धन गर्नका लागि निजी क्षेत्रलाई समेत सहभागी गराउने,
(ञ) पैठारी गरेको र अनुमोदन, उन्मोचन तथा सूचित नभएका रैथाने एवं स्थानीय जातको बीउ बिजनको बिक्री वितरण तथा निर्यातमा बीउ बिजनको गुणस्तर नियमन गर्ने,
(ट) अनुमतिपत्र प्राप्त बाली निरीक्षक, बीउ बिजन नमूना सङ्कलक तथा बीउ बिजन विश्लेषकको कार्यको अनुगमन गरी समितिमा प्रतिवेदन पेश गर्ने,
(ठ) बीउ बिजन परीक्षण प्रयोगशालाहरूको सुपरीवेक्षण तथा अनुगमन गरी समिति समक्ष प्रतिवेदन पेश गर्ने,
(ड) प्रजनकलाई प्रदान गरिएको स्वामित्व अधिकारको लगत राख्ने,
(ढ) बाली निरीक्षक तथा बीउ बिजन नमूना सङ्कलकले दिएको सूचनाको अभिलेख राख्ने,
(ण) बीउ बिजन सम्बन्धी सेवा बापतको शुल्क लिने,
(त) समितिबाट अनुमोदन, उन्मोचन, भई दर्ता भएका सूचित जातहरूको गुणस्तर प्रमाणीकरण गर्ने प्रयोजनको लागि बाली निरीक्षकलाई बाली निरीक्षण गर्न लगाउने,
(द) समितिबाट भएका निर्णय कार्यान्वयन गर्ने गराउने ।