दफा १४
केन्द्रीय अधिकारी समक्ष लेखी पठाउ केन्द्रीय अधिकारी समक्ष लेखी पठा उँदा खुलाउनु पर्ने विवरण वा संलग्न गर्नु पर्ने कागजात
(१) दफा ७, ८, ९, १०, ११, १२ वा १३ बमोजिम पारस्परिक कानूनी सहायताको लागि केन्द्रीय अधिकारी समक्ष लेखी पठाउँदा सम्बन्धित अधिकारी वा अदालतले देहायका विवरण खुलाउनु पर्नेछ:
(क) न्यायिक कारबाही माग गर्ने अदालत, न्यायिक कारबाहीको संक्षिप्त व्यहोरा तथा सम्वद्ध कानून,
(ख) माग गरिएको पारस्परिक कानूनी सहायताको विषय,
(ग) न्यायिक कारबाही फौजदारी प्रकृतिको भए सो कारबाहीमा हुन सक्ने अधिकतम सजाय र देवानी प्रकृतिको भए दावी लिइएको अधिकतम विगो,
(घ) न्यायिक कारबाहीसँग सम्बन्धित कागज, प्रमाण, सूचना, वस्तु वा सम्पत्ति रहेको स्थान र त्यसको प्रकृति,
(ङ) खानतलासी लिनु पर्ने भए सो वस्तुको विवरण र त्यस्तो स्थानको पूरा ठेगाना,
(च) न्यायिक कारबाहीमा सहयोग गर्न सक्ने व्यक्तिका सम्बन्धमा निजको नाम, हुलिया र राष्ट्रियता लगायत पहिचान हुन सक्ने राहदानी वा ष्ट्रिय परिचयपत्र नम्बर भए सो लगायत आवश्यक अन्य विवरण र यथासम्भव हाल बसोबास गरिरहेको स्थान सम्बन्धी जानकारी,
(छ) माग गरिएको कागजात, प्रमाण, सूचना, वस्तु वा व्यक्ति न्यायिक कारबाहीको निमित्त तात्विक सम्बन्ध भएको पुष्ट्याई,
(ज) सम्बन्धित प्रमाण कागजात सक्कल प्रति नै आवश्यक पर्ने भए त्यसको पुष्ट्याई र फिर्ता गर्नु पर्ने भए फिर्ता गरिने कुराको आश्वासन,
(झ) पारस्परिक कानूनी सहायता प्रदान गर्न अनुरोध गरिएको विदेशी मुलुकको सम्बन्धित अधिकारी,
(ञ) पारस्परिक कानूनी सहायता प्रदान गर्नु पर्ने अवधि,
(ट) कुनै वस्तु खानतलासी लिन वा जफत गर्न लेखी पठाउने भए त्यस्तो वस्तुमा स्वामित्व रहेको व्यक्तिले नेपालमा कसूर गरेको वा त्यस्तो कसूरबाट सम्पत्ति बढे बढाएको पुष्टि हुने आधार,
(ठ) म्याद वा न्यायिक लिखत तामेल गर्न माग गरेको भए–
(१) म्याद वा न्यायिक लिखत तामेल गर्नु पर्ने व्यक्तिको पूरा नाम,
(२) उपखण्ड (१) बमोजिमको व्यक्ति रहे बसेको मुलुक, राहदानी वा राष्ट्रिय परिचयपत्र नम्बर भए सोको विवरण, हुलिया र राष्ट्रियता लगायत पहिचान हुन सक्ने आवश्यक अन्य विवरण र यथासम्भव हाल बसोबास गरिरहेको स्थान सम्बन्धी जानकारी, (३) उपखण्ड (२) बमोजिमको व्यक्तिको ठेगानामा म्याद वा न्यायिक लिखत तामेल हुन नसक्ने भएमा निजले काम गर्ने वा व्यवसाय सञ्चालन गर्ने प्रतिष्ठानको मुलुक र ठेगाना ।
(ड) प्रमाण बुझ्न माग गरेको भए–
(१) प्रमाण बुझ्न अनुरोध गरिएको अदालत वा निकाय पहिचान हुन सकेको भए सो अदालत वा निकायको विवरण,
(२) प्रमाण बुझ्नु पर्ने वा गर्नु पर्ने अन्य न्यायिक कामको विवरण,
(३) कुनै साक्षी बुझ्नु पर्ने भएमा त्यस्तो साक्षीको नाम, थर, वतन र निजको पहिचान खुल्न सक्ने राहदानी वा राष्ट्रिय परिचयपत्रको विवरण,
(४) बन्द सवालबाट साक्षी बुझ्नुपर्ने भएमा निजलाई सोध्नु पर्ने प्रश्नको विवरण,
(५) साक्षी बुझ्दा कुनै शपथ लिनु पर्ने वा नपर्ने सोको विवरण,
(६) कुनै लिखत, चल वा अचल सम्पत्तिको निरीक्षण, नाप जाँच, नाप, नक्सा वा परीक्षण गर्नु पर्ने भए सोको विवरण ।
(ढ) सम्पत्ति जफत वा रोक्का गर्न माग गरेको भए–
(१) सम्पत्तिसँग सम्बन्धित विषयमा न्यायिक कारबाही दायर हुने अवस्थामा रहेको, दायर भएको वा निर्णय भई नसकेको विवरण,
(२) न्यायिक कारबाहीमा सम्पत्ति जफत गर्ने कामको सारभूत सम्बन्ध रहेको विवरण,
(३) जफत सम्बन्धी आदेश भएको र त्यस उपर पुनरावेदन गर्ने अवस्था नरहेको विवरण,
(४) जफत गर्ने आदेश बमोजिम तिर्नु पर्ने रकम तिर्न बाँकी रहेको विवरण,
(५) जफतको आदेशबाट प्रभावित व्यक्ति अदालतमा उपस्थित नभएको भए निजले आफ्नो प्रतिरक्षाको लागि पर्याप्त समय सहितको सूचना पाएको विवरण ।
(ण) आवश्यक अन्य विवरण ।
(२) उपदफा (१) बमोजिम विवरण माग गर्दा देहायका कागजात संलग्न गर्नु पर्नेछः–
(क) कुनै व्यक्तिलाई उपस्थित गराउने, व्यक्ति रहेको स्थान पत्ता लगाउने वा सनाखतको लागि पठाउने भए सम्भव भएसम्म निजको फोटो,
(ख) उपस्थित हुन माग गरिएको व्यक्तिले स्वतन्त्र रुपमा उपस्थित हुने इच्छा व्यक्त गरेको प्रमाण,
(ग) अदालतबाट सो सम्बन्धमा भएको आदेश,
(घ) म्याद वा न्यायिक लिखत तामेल गर्नु पर्ने भए तामेल गर्नु पर्ने म्याद
वा न्यायिक लिखतको आधिकारिक प्रतिलिपि दुई प्रति,
(ङ) फैसला कार्यान्वयन गर्न पठाउने भए–
(१) अदालतको फैसलाको सक्कल प्रमाणित प्रति,
(२) फैसलाको विषयमा पुनरावेदन गर्ने अवस्था नरहेको प्रमाण ।