नियम १८
केन्द्रीय अभिलेख राख्नु पर्ने
(१) प्रत्येक नियोगले गैर आवासीय नेपालीको नाम दर्ता, परिचयपत्र वितरण तथा सोको नवीकरण सम्बन्धी विवरण समय समयमा मन्त्रालयमा पठाउनु पर्नेछ ।
(२) मन्त्रालयले उपनियम (१) बमोजिम प्राप्त विवरण तथा नियम ८ बमोजिमको लगानी सम्बन्धी विवरण समेत समावेश गरी गैर आवासीय नेपालीको एकीकृत तथा केन्द्रीय अभिलेख खडा गरी अद्यावधिक गरी राख्नु पर्नेछ ।