नियम १३२
केन्द्रीय लगत अभिलेख शाखाका निर्देशकको काम, कर्तव्य अधिकार
निर्देशनालय अन्तर्गत रहने केन्द्रीय लगत अभिलेख शाखाका निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) मातहतका अदालतबाट प्राप्त दण्ड, जरिबाना, कैद, सरकारी बिगो तथा जिन्सी सम्बन्धी सामान लगायत फैसला कार्यान्वयन सम्बन्धी प्राप्त अन्य विवरणको केन्द्रीय अभिलेख तयार गरी नियमित रूपमा अद्यावधिक गर्ने,
(ख) कैद, दण्ड जरिबानाको लगतलार्ई केन्द्रीय कम्प्यूटर सञ्जालमा आबद्ध गराई सरोकारवाला निकायसम्म सूचना प्रवाह गर्ने,
(ग) कैद, दण्ड जरिबानाको लगतको अद्यावधिक लगत विवरण असुल तहसिलका लागि फैसला कार्यान्वयन शाखामा पठाउने ।
(घ) महानिर्देशकले तोके बमोजिमका कार्य गर्ने ।