दफा
केही खास सन्धिको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन

(१)संविधानको धारा २७९ को उपधारा (२) मा उल्लेख भएका विषयका सन्धिको अनुमोदन, स्वीकृति वा समर्थन गराउनु पर्दा वा त्यस्तो सन्धिमा सम्मिलित हुने अनुमति प्राप्त गर्नु पर्दा नेपाल सरकारले यस सम्बन्धमा व्यवस्थापिका–संसद्मा प्रस्ताव पेश गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम पेश भएको सन्धिको सम्बन्धमा संविधानको धारा २७९ को उपधारा (२) बमोजिम व्यवस्थापिका–संसद्बाट प्रस्ताव पारित भएपछि त्यस्तो सन्धिको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थनको सूचना नेपाल सरकारले सो सन्धिमा उल्लेख भएको व्यवस्था अनुसार सम्बन्धित पक्ष वा अधिकारीलाई दिनेछ ।