दफा ३७
कैद कट्टा हुन सक्ने
: देहायका कसूरदार बाहेकका कसूरदारको कैदमा रह“दा चालचलनमा सुधार आएमा र निजले “पचास प्रतिशत कैद सजाय भुक्तान गरेमा निजलाई भएको कैद सजाय कारागारले तोकिए बमोजिम कट्टा गर्न सक्नेछः-

(क) जन्म कैदको सजाय पाएको,

"रै (क१) तेजाब वा अन्य ज्वलनशील पदार्थ वा अन्य घातक रासायनिक पदार्थ प्रयोग गरी ज्यान मारेको अङ्गभङ्ग गरेको वा शारीरिक क्षति पुच्याएको कसूरमा सजाय पाएको,

(ख) जबरजस्ती करणी सम्बन्धी कसूरमा सजाय पाएको,

(ग) भ्रष्टाचार सम्बन्धी कसूरमा सजाय पाएको,

७ मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।

मकै फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने ऐन, २०७९ द्वारा थप ।
(घ) मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा सजाय पाएको,

(ङ) अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा सजाय पाएको,

(च) लागू औषधको ओसारपसार तथा “कारोबार सम्बन्धी कसूरमा सजाय पाएको,

(छ) सङ्गठित अपराध सम्बन्धी कसूरमा सजाय पाएको,

(ज) सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा सजाय पाएको,

(झ) यातना वा कर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार सम्बन्धी कसूरमा सजाय पाएको,

(ज) मानवता विरुद्धको अपराध सम्बन्धी कसूरमा सजांय पाएको ।