दफा २४
कैद सजाय निलम्बन गर्न सकिने
(१) एक वर्षभन्दा कम कैद निर्धारण भएको कसूरदारले पहिलो पटक कसूर गरेको रहेछ र निजले गरेको कसूर, निजको उमेर, आचरण, कसूर गर्दाको परिस्थिति, कसूर गर्दा अपनाएको तरिकालाई विचार गर्दा निजलाई कैदमा राख्न उपयुक्त नदेखिएमा अदालतले त्यस्तो कसूरदारलाई भएको कैद तत्काल कार्यान्वयन नगरी निलम्बन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम “कैद सजाय निलम्बन”गर्दा कैद सजाय निर्धारण भएको मितिदेखि तीन वर्षसम्म निलम्बन गर्न सकिनेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कसूरमा कसूरदार ठहरिएका बालबालिका बाहेक अन्य कसूरदारलाई भएको “कैद सजाय निलम्बन” गर्न सकिने छैनः–
(क) कर्तव्य ज्यान,
(ख) जवर्जस्ती करणी,
(ग) मानव बेचबिखन तथा ओसारपसार,
(घ) हातहतियार, खरखजाना तथा विष्फोटक पदार्थ,
(ङ) भ्रष्टाचार,
(च) शरीर वन्धक लिने वा अपहरण गर्ने,
(छ) डा“का,
(ज) खोटा टक वा खोटा टिकट चलन,
(झ) विदेशी विनिमय,
(ञ) लागू औषधको ओसार पसार तथा कारोबार सम्बन्धी कसूर,
(ट) प्राचीन स्मारक सम्बन्धी,
(ठ) वन तथा वन्यजन्तु सम्बन्धी,
(ड) सङ्गठित अपराध,
(ढ) सम्पत्ति शुद्धीकरण,
(ण) यातना वा क्रुर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार सम्बन्धी कसूर,
(त) मानवता विरुद्धको अपराध ।
(४) उपदफा (१) बमोजिम कैद सजाय निलम्बन गर्ने आदेश गर्दा कसूरदारले निलम्बनको अवधिभर देहाय बमोजिमको “शर्त तोकी” आदेश गर्नु पर्नेछ –
(क) निःशुल्क रुपमा कुनै सार्वजनिक काम गर्ने,
“(ख) पीडितको सहमति भएमा पीडित व्यक्तिको कुनै काममा सहयोग गर्ने “(ग) त्यस्तो आदेशमा उल्लिखित कुनै काम वा व्यवहार नगर्ने,
(घ) आफ्नो निवास वा कुनै खास स्थान विशेषभन्दा अन्यत्र नजाने,
(च) अदालतले तोकिदिएको कुनै स्थानहदमा रहने,
(छ) उपचार तथा पुनस्र्थापना केन्द्रमा बस्ने,
(ज) कुनै खास व्यक्तिलाई नभेट्ने ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिम बालबालिकाको हकमा सजाय निलम्बन गर्दा निजको उमेर तथा कसूर गर्दाको परिस्थिति समेतलाई विचार गरी शर्त तोकी वा नतोकी देहाय बमोजिम निर्णय गर्न सकिनेछः–
(क) परिवारका कुनै सदस्य वा संरक्षकद्वारा असल मानवीय व्यवहारका सम्बन्धमा सम्झाउन तथा बुझाउन लगाउने,
(ख) सेवा प्रदान गर्ने संघसंस्था वा व्यक्तिहरुबाट बालबालिकालाई अभिमुखीकरण गर्न लगाउने,
(ग) एकल, सामुहिक वा पारिवारिक मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन लगाउने,
(घ) परिवारका कुनै सदस्य, संरक्षक, विद्यालय, सेवा प्रदान गर्ने व्यक्ति वा संस्थाको निगरानीमा निर्धारित शर्तहरु पालना गर्ने गरी निश्चित अवधिका लागि निजहरुको संरक्षकत्वमा राख्न लगाउने ।
(६) उपदफा (४) बमोजिमको आदेशमा उल्लिखित कुराहरु निलम्बनको अवधिभर कसूरदारले पालना गरेमा निजलाई उपदफा (१) बमोजिम निर्धारण गरिएको कैद भुक्तान गरेको मानिनेछ ।
(७) कसूरदारले उपदफा (४) बमोजिमको आदेश उल्लङ्घन गरेमा अदालतले उपदफा (१) बमोजिमको आदेश रद्द गर्नेछ ।
(८) उपदफा (७) बमोजिम आदेश रद्द भएपछि त्यस्तो कसूरदारले निजलाई भएको पूरा कैद कारागारमा बसी भुक्तान गर्नु पर्नेछ ।