दफा १३
कोष तथा खाता :
(१) कोषलाई लुम्बिनी विकास योजनाको लागि विश्वको कुनैपनि भागबाट कुनैपनि मुद्रामा चन्दा सङ्कलन गर्ने अधिकार हुनेछ ।
(२) कोषमा देहायका रकमहरू रहनेछन् ः
(क) नेपाल सरकारले योजनाको निमित्त प्रदान गरेको रकम,
(ख) नेपालभित्र वा बाहिरका व्यक्ति वा संस्थाहरूले योजनाको निमित्त प्रदान गरेको चन्दा,
(ग) अन्य स्रोतबाट प्राप्त रकम ।
(३) कोषको रकम नेपाल राष्ट्र बैंक र नेपालयभित्र वा बाहिरका अन्य बैंकहरूमा कुनै पनि मुद्रामा जम्मा गर्न सकिनेछ ।
(४) कोषको तर्फबाट गर्नुपर्ने सबै खर्च कोषबाट व्यहोरिनेछ ।
(५) कोषको खाताको सञ्चालन तोकिएबमोजिम हुनेछ ।