८ नेपाल सरकारको स्वीकृत नीति अन्तर्गत रही कोषको उद्देश्य देहाय बमोजिम हुनेछ:
(क) योजनाको निमित्त नेपालभित्र वा बाहिर कुनै क्षेत्रबाट नगदी, जिन्सी वा अन्य कुनै प्रकारको सहायता उपलब्ध गर्ने गराउने,
(ख) योजनाको निमित्त नेपालभित्र वा बाहिर चन्दा सङ्कलन गर्ने गराउने,
(ग) योजनाको निमित्त सहायता उपलब्ध गर्न वा चन्दा प्राप्त गर्न नेपालभित्र वा बाहिरका व्यक्ति वा संस्थाहरूसित सोझै सम्पर्क राख्नने
(घ) कार्य योजनाहरूको विश्लेषण गरी स्वीकृत योजनाको लागि रकम उपलब्ध गराउने,
(ङ) समितिले स्वीकृत गरे बमोजिम निर्धारित कार्यक्रमको लागि छुट्याइएको रकम उचित तरीकाले प्रयोग गरेको छ, छैन जाँच गर्न सदस्य वा अन्य कुनै व्यक्तिलाई पठाउने,
(च) योजनाको हितको लागि आवश्यक देखेमा कार्य योजनामा हेरफेर गर्ने,
(छ) योजनाको उद्देश्यपूर्तिको लागि नेपालभित्र वा बाहिर आवश्यकतानुसार समिति तथा उपसमितिहरू गठन गर्ने,
(ज) खण्ड (छ) बमोजिम गठित समिति तथा उपसमितिहरूको काम कारवाहीको मूल्याङ्कन गर्ने,
(झ) खण्ड (छ) बमोजिम गठित समिति तथा उपसमितिहरूको निमित्त नीति निर्धारण गरी मार्ग दर्शन दिने,
(ञ) नेपाल सरकारसित निकटतम एवं सहयोगात्मक सम्बन्ध कायम गर्ने,
(ट) कोषको उद्देश्य प्राप्तिको लागि अन्य आवश्यक काम गर्ने गराउने ।