दफा १३
कोषको प्रयोग
कोषमा जम्मा भएको रकम देहायको काममा खर्च गर्न सकिनेछः–
(क) दफा ७ बमोजिम दर्ता भएको कुनै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले उपलब्ध गराएको सेवाको सम्बन्धमा
सम्बन्धित व्यक्तिलाई अदालतबाट क्षतिपूर्ति भराइदिने गरी भएको फैसला
बमोजिमको रकम भुक्तानी गर्न,
तर स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाको बदनियत वा गम्भीर लापरवाहीको
कारण हुन गएको क्षतिको सम्बन्धमा अदालतको पैmसला बमोजिम सम्बन्धित
व्यक्तिलाई दिनु पर्ने क्षतिपूर्तिको रकम समितिले व्यहोर्ने छैन ।
(ख) दफा ७ बमोजिम दर्ता भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई विपक्षी बनाई अदालतमा दायर गरिएको
मुद्दाको प्रतिरक्षा गर्दा लागेको मनासिब खर्च भुक्तानी गर्न,
(ग) समितिको कार्य सञ्चालन गर्न ।