दफा २९
कोषको लेखा तथा लेखापरीक्षण
(१) कोषको आय व्ययको लेखा प्रचलित कानून बमोजिम राख्नु पर्नेछ ।
(२) बोर्डले आफ्नो आय व्ययको आन्तरिक लेखापरीक्षण तोकिए बमोजिम गराउनु पर्नेछ ।
(३) बोर्डले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र महालेखा परीक्षकबाट अन्तिम लेखापरीक्षण गराउनु पर्नेछ ।
(४) मन्त्रालयले चाहेमा जुनसुकै बखत बोर्डको हिसाब किताब जाँच गर्न, गराउन सक्नेछ ।