नियम
कोषको व्यवस्था र सञ्चालन
(१) यस नियमावली बमोजिम कोषमा जम्मा हुने
रकम समितिले तोकिदिएको बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(२) उपनियम (१) बमोजिम खोलिएको खाताको सञ्चालन समितिले तोकेको कुनै
पदाधिकारी र सदस्य–सचिवको संयुक्त दस्तखतबाट हुनेछ ।

(३) कोषमा जम्मा भएको रकममध्येबाट समितिले तोकेबमोजिमको रकम बचत
गरी जगेडा कोषको रुपमा राख्न सकिनेछ । त्यस्तो रकम समितिले निर्णय गरी देहाय
बमोजिमको कार्यको निमित्त खर्च गर्न सक्नेछ र त्यसरी खर्च भएको रकम यथाशीघ्र
जगेडा कोषमा दाखिला गरी सोध भर्ना गर्नु पर्नेछ ।
(क) नगरपालिकाको लागत सहभागिताको आधारमा पूर्वाधार विकास तथा
दीर्घकालीन आय आर्जन सम्बन्धी कार्यमा,
(ख) दैवी प्रकोप वा अन्य आकस्मिक कार्यमा,
(ग) नगरपालिकाले नेपाल सरकार वा अन्य निकायलाई तिर्नु बुझाउनु पर्ने
रकम तिर्ने कार्यमा ।
 पहिलो संशोधनद्वारा संशोधित ।