नियम ८४
कोषको व्यवस्थापन तथा सञ्चालन
(१) कोषको व्यवस्थापन तथा सञ्चालनको लागि देहाय बमोजिमको एक: कोष सञ्चालक समिति रहनेछ :- (क) सचिव, मन्त्रालय -संयोजक (ख) सहसचिव, अर्थ मन्त्रालय “सदस्य (ग) सहसचिव, कानून, न्याय: तथा संसदिय मामिला मन्त्रालय -सदस्य (घ) सहसचिव, श्रम: रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय -सदस्य (ङ सदस्य-सचिव, परिषद् -सदस्य (च) प्रहरी नायब महानिरीक्षक, प्रहरी -सदस्य प्रधान कार्यालय (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय) -सदस्य तछ| सहसचिव, मन्त्रालय (बालबालिका सम्बन्धी विषय हेर्ने) -सदस्य-सचिव। (२) कोषको रकम समितिले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम स्थापना भएको वाणिज्य बैड्रमा खाता खोली जम्मा गर्नु पर्नेछ। (३) कोषको खाता मन्त्रालयको सचिव वा निजले तोकेको कर्मचारी र मन्त्रालयको आर्थिक प्रशासन शाखाको प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ। (४) कोषको आयव्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम राख्नु पर्नेछ ।
(५) कोषको लेखाको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।
(६) कोषमा रहने रकमको प्रयोग देहायको काममा हुनेछः-
(क) विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको उद्धार गर्न,
(ख) विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई राहत दिन तथा पुनर्स्थापना गर्न,
(ग) समितिबाट स्वीकृत कार्यक्रम सञ्चालन गर्न,
(घ) ८ समितिबाट गरिने कार्यक्रमको अनुगमन गर्न,
(ङ) समितिले तोके बमोजिमको बालबालिकाको हक हित सम्बन्धमा अन्य काम गर्न, गराउन ।
(७) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कोषको रकम खर्च नभई आर्थिक वर्षको अन्त्यमा बाँकी रहेमा (त्यस्तो रकम फ्रिज हुने छैन ।