७. कोषको संचालक समिति
(१) विकास तथा पुनस्र्थापना कार्यक्रम संचालन गरी बालबालिकाहरूको विकास तथा पुनस्र्थापना गर्न अन्य आवश्यक कार्यक्रमहरू सुव्यवस्थित रूपले संचालन गर्न, गराउन र कोष संचालन सम्बन्धी सम्पूर्ण काम कारबाहीहरूको रेखदेख तथा प्रबन्ध गर्नको लागि एक संचालक समितिको गठन गरिनेछ ।
(२) संचालक समितिमा देहायका सदस्यहरू रहनेछन्ः–
(क) सचिव, श्रम मन्त्रालय – अध्यक्ष
(ख) सहसचिव, श्रम मन्त्रालय – सदस्य
(ग) सहसचिव, उद्योग मन्त्रालय – सदस्य
(घ) सहसचिव, बाणिज्य मन्त्रालय – सदस्य
(ङ) महानिर्देशक, श्रम विभाग – सदस्य
(च) प्रतिनिधि, नेपाल उद्योग बाणिज्य महासंघ – सदस्य
(छ) अध्यक्ष, केन्द्रीय गलैंचा उद्योग संघ – सदस्य
(ज) सदस्यसचिव, गलैंचा तथा ऊन विकास समिति – सदस्य
(झ) प्रतिनिधि, च्याम्बर अफ कमर्स – सदस्य
(ञ) अध्यक्ष, गार्मेन्ट एशोसिएशन – सदस्य
(ट) उपसचिव, बालश्रम शाखा, श्रम मन्त्रालय – सदस्य–सचिव
(३) समितिले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ उद्योगपति, व्यापारी वा लब्ध प्रतिष्ठित व्यक्तिलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा भागलिन आमन्त्रण गर्न सक्नेछ ।