नियम
कोषमा रकम जम्मा गर्नु पर्ने
(१) कार्यालयले कर्मचारीलाई मासिक तलब वितरण गरेको तीन दिनभित्र कोषमा रकम जम्मा गर्ने कर्मचारीको विवरण सहित ऐनको दफा १० को उपदफा (१) बमोजिम कोषमा पठाउनु पर्ने एकमुष्ठ रकम कोषले तोकेको बैङ्क खातामा जम्मा गर्नु पर्नेछ। (२) उपनियम (१) बमोजिम रकम जम्मा भएको निस्सा र कोषमा रकम जम्मा गर्ने कर्मचारीको बिवरण सहितको फाँटवारी कार्यालयले अनुसूची-३ बमोजिमको ढाँचामा सात दिनभित्र कोषमा पठाउनु पर्नेछ।