नियम ५
कोषमा रकम जम्मा गर्नुपर्ने
५. कोषमा रकम जम्मा गर्नुपर्ने
(१) विकास तथा पुनस्र्थापना कार्यक्रम संचालन गरी बालबालिकाहरूको विकास तथा पुनस्र्थापना गर्नको लागि नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ, केन्द्रीय गलैंचा उद्योग संघ, गलैंचा तथा ऊन विकास समिति र अन्य दातृ संस्थाहरूबीच भएको आपसी सहमतिद्वारा प्रत्येक वर्ष कोषलाई प्रदान गर्न निर्धारण गरिएको रकम कोषमा जम्मा गरिनेछ ।
(२) बालबालिकाहरूको विकास तथा पुनस्र्थापना गर्नको लागि उपनियम (१) मा उल्लेख भए बमोजिम आपसी सहमतिद्वारा निर्धारित रकम सम्बन्धित निकायले प्रत्येक आर्थिक वर्षको पहिलो तीन महिनाभित्र कोषमा जम्मा गर्नु पर्नेछ ।
(३) यस नियममा उल्लेख भए बमोजिमको रकम कोषमा जम्मा गर्ने अन्य प्रकृयाहरू समितिले तोकिदिए बमोजिम हुनेछ ।