दफा १२
कोष

(१) कोषमा देहायका रकमहरु रहनेछन् :–
(क) नेपाल सरकारले प्रदान गरेको रकम,
(ख) राष्ट्रिय वा अन्तरराष्ट्रिय संघ संस्थाबाट प्राप्त रकम,
(ग) अन्य श्रोतबाट प्राप्तरकम ।
(२) कोषको सबै रकम नेपाल राष्ट्र बैङ्क वा अन्य कुनै बैङ्कमा कोषको नाउँमा जम्मा गरिनेछ ।
(३) जिन्सी आम्दानी खर्चको हिसाब छुट्टै राखिनेछ ।
(४) कोषको तर्फबाट गर्नु पर्ने सबै खर्च कोषबाट व्यहोरिनेछ ।
(५) कोषको खाता सञ्चालन तोकिए बमोजिम हुनेछ ।