नियम
क्रार्यसम्पादन करार गर्नु पर्ने
(१) प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त भएको व्यक्तिले नियुक्त भएको तीस दिनभित्र बोर्डको अध्यक्षसँग बार्षिक कार्यसम्पादन करार (परफर्मेन्स कन्ट्रयाक्ट) गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको कार्यसम्पादन करारमा देहायका विषय उल्लेख गर्नु पर्नेछः ०
(क) प्रमुख कार्यकारी अधिकृतले सम्पादन गर्नु पर्ने कार्यको विवरण तथा निजको जिम्मेवारी,
(ख) नेपाल सरकार सम्बद्ध रहेका नीति तथा कार्यक्रम, बजेट, रणनीतिक योजना, बोर्डले गरेका निर्णय तथा निजले पेश गरेको रणनीति र कार्ययोजना सम्बन्धी प्रस्तावमा उल्लिखित व्यावसायिक कार्यक्रम, योजना, रणनीति, कार्ययोजना र सोको कार्यान्वयनको खाका तथा समय सीमा,
(ग) कार्यसम्पादनको मापन गर्न सकिने गरी तयार गरिएको सूचक वा उपलब्धिको परिमाण,
(घ) कार्यसम्पादनको गुणस्तर,
(ङ) अन्य आवश्यक विषय।
(३) उपनियम (१) बमोजिमको कार्यसम्पादन करारमा उल्लिखित समय सीमाभित्र कार्यसम्पादनका सूचक वा उपलब्धि हासिल भएको देखिने गरी प्रमुख कार्यकारी अधिकृतले कार्यसम्पादन गर्नु पर्नेछ ।
(४) उपनियम (१) बमोजिमको कार्यसम्पादन करार बमोजिम प्रमुख कार्यकारी अधिकृतबाट सम्पादन भएको कामको परिमाण र उपलब्धि वा त्यसको गुणस्तर, कार्यसम्पादन करारमा उल्लिखित समय सीमा वा स्तर बमोजिम भए वा नभएको सम्बन्धमा बोर्डको अध्यक्षले प्रत्येक वर्ष मूल्याङ्कन गर्ने वा गराउनेछ ।
(५) उपनियम (४) बमोजिम मूल्याङ्कन गर्दा प्रमुख कार्यकारी अधिकृतसँग कार्यसम्पादनको परिमाण र त्यसको गुणस्तरका सम्बन्धमा छलफल गर्न सकिनेछ ।
(६) उपनियम (४) बमोजिम मूल्याङ्कन गर्दा प्रमुख कार्यकारी अधिकृतले कार्यसम्पादन करारमा तोकिएका सूचक बमोजिमको समय सीमाभित्र वा त्यस्तो करार बमोजिमको परिमाण र गुणस्तरको कार्यसम्पादन गरेको नदेखिएमा निजले कार्यसम्पादन करार बमोजिम कार्यसम्पादन गरेको मानिने छैन ।
(७) उपनियम (४) बमोजिमको मूल्याङ्कनका आधारमा आगामी वर्षको वार्षिक कार्यसम्पादन करार गरिनेछ ।