दफा २०
क्लाउड कम्प्यूटिङ्ग (cloud Computing)
१२.२०.१ क्लाउड कम्प्युटिङ्गको क्रमिक विकासबाट सिर्जित अवसरहरुको उपयोग गर्दै उक्त प्रविधिलाई विद्युतीय सुशासनको प्रयासको एक प्रमुख आयामको रुपमा स्थापित गर्न राष्ट्रिय क्लाउड कम्प्युटि्ग रणनीति सन्‌ २०१७ सम्ममा लागू गरिनेछ ।

१२.२०.२ नेपाल सरकारको एकिकृत डाटा सेन्टर (GIDC)मा रहेका श्रोतहरु प्रयोग गर्दै एक क्लाउड कम्प्यूटिङ्ग पूर्वाधार निर्माण गरिनेछ । यस अनुरुप सन्‌ २०१८ भित्रमा सरकारले कम्तिमा पनि १० वटा विद्युतीय माध्यम (On‐Line)) द्वारा प्रदान गरीने सेवाहरु क्लाउड कम्प्यूटिङ्ग पूर्वाधार मार्फत प्रवाह गर्ने व्यवस्था मिलाइनेछ ।

१२.२०.३ सरकारी निकायहरुद्वारा कुनै पनि सूचना तथा सञ्चार प्रविधि जन्य उपकरण तथा सेवाहरुमा लगानी गर्नु पूर्व क्लाउड कम्प्युटिङ (Cloud Computing) विकल्पको विस्तृत मूल्याङ्कन गर्ने परिपाटी मिलाइनेछ ।