दफा २१
क्वारेन्टाइन शत्रुजीव प्रभावित क्षेत्रको घोषणा रद्द गर्ने
– (१) दफा १९ बमोजिम घोषित क्वारेन्टाइन शत्रुजीव प्रभावित क्षेत्रमा क्वारेन्टाइन शत्रुजीव नियन्त्रण भए नभएको सम्बन्धमा सङ्गठनले समय समयमा अनुगमन गर्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुगमन गर्दा क्वारेन्टाइन शत्रुजीव नियन्त्रण भएको पाईएमा सङ्गठनको सिफारिसमा मन्त्रालयले दफा १९ बमोजिमको घोषणामा उल्लिखित समय अगावै त्यस्तो घोषणा रद्द गर्न सक्नेछ ।