दफा २
परिभाषा
– विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “बिरुवा” भन्नाले जीवित वा मृत वनस्पति वा त्यसको कुनै भाग सम्झनु पर्छ र सो शब्दले वनस्पतिको डाँठ, हाँगा, गाँठ, कलमी, बोक्रा, जरा, पात, फल, फुल, बीउ र जर्मप्लाज्म समेतलाई जनाउँछ ।
(ख) “बिरुवाजन्य उपज” भन्नाले उपयोगको लागि तयार भइनसकेको बिरुवाजन्य सामग्री
(दाना समेत) वा उपयोगको लागि तयार भईसकेको तर प्रशोधनको प्रकृति वा अन्य कुनै कारणले शत्रुजीव प्रवेश गराउन वा पैmलाउन सक्ने बिरुवाजन्य सामग्री सम्झनु पर्छ ।
(ग) “अन्य वस्तु” भन्नाले रोग वा कीरालाई आश्रय दिन वा फैलाउन सक्ने कुनै बिरुवा वा बिरुवाजन्य उपजको भण्डारण स्थल, प्याकेजिङ्ग, कण्टेनर, वाहन, बिरुवा हुर्कने माध्यम जस्तै माटो, झ्याउ, पीट र अन्य यस्तै वस्तु सम्झनु पर्छ ।
(घ) “शत्रुजीव” भन्नाले बिरुवा वा बिरुवाजन्य उपजलाई हानि पु¥याउने मुसा, चरा, रोगका कारक शुक्ष्म जीवाणु, जुका, कीरा र झारपात सम्झनु पर्छ र सो शब्दले तिनका जाती वा प्रजाती समेतलाई जनाउँछ ।
(ङ) “नियमित शत्रुजीव” भन्नाले क्वारेन्टाइन शत्रुजीव सम्झनु पर्छ र सो शब्दले बिरुवा र बिरुवाजन्य उपजलाई आर्थिक हानि नोक्सानी पु¥याउने नियन्त्रणमा रहेका शत्रुजीव समेतलाई जनाउँछ ।
(च) “क्वारेन्टाइन शत्रुजीव” भन्नाले बिरुवा वा बिरुवाजन्य उपजलाई आर्थिक रुपमा समेत हानि पु¥याउने भनी मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको शत्रुजीव सम्झनु पर्दछ ।
(छ) “लाभदायक कीरा” भन्नाले मौरी, रेशम कीरा, लाहा कीरा जस्ता कीराहरु सम्झनु पर्छ ।
(ज) “बायोलोजिकल कण्ट्रोल एजेण्ट” भन्नाले जैविक विधिबाट शत्रुजीव नियन्त्रण गर्न प्रयोग हुने परजीवी, प्रति परजीवी, शिकारी कीरा जस्ता जीव सम्झनु पर्छ र सो शब्दले च्याउ, शाकाणु (व्याक्टेरिया), ढुसी (फंगस), विषाणु (भाईरस) जस्ता वनस्पति समेतलाई जनाउँछ ।
(झ) “वाहन” भन्नाले बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तु ओसार पसार गर्न प्रयोग हुने हवाई जहाज, रेल, ट्रक, गाडा, घोडा, खच्चर र अन्य यस्तै साधन सम्झनु पर्छ ।
(ञ) “कण्टेनर” भन्नाले बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तु ओसार पसार गर्नको लागि प्रयोग हुने वा भएको भाँडो, बाकस, झोला वा अन्य यस्तै वस्तु सम्झनु पर्छ ।
(ट) “क्वारेन्टाइन” भन्नाले बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तु स्वस्थ छ छैन भनी अवलोकन, परीक्षण, निरीक्षण अनुसन्धान, जाँच गर्न र स्वस्थ नभएमा उपचार गर्नको लागि त्यस्तो बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तुलाई निर्धारित वा निरीक्षकले तोकेको स्थलमा राख्ने कार्य सम्झनु पर्छ ।
(ठ) “परीक्षण क्षेत्र” भन्नाले बिरुवाको स्वस्थता परीक्षण सम्बन्धी प्रक्रिया पूरा गर्नको लागि छुट््याइएको क्षेत्र सम्झनु पर्छ ।
(ड) “शत्रुजीव क्षेत्र” भन्नाले कुनै क्षेत्रमा स्थायित्व कायम गर्ने गरी शत्रुजीवको प्रवेश रहेको क्षेत्र सम्झनु पर्छ ।
(ढ) “सङ्क्रमण” भन्नाले बिरुवा वा बिरुवाजन्य उपजमा क्षति पु¥याउने गरी शत्रुजीवको उपस्थिति वा पैmलावट सम्झनु पर्छ ।
(ण) “निरीक्षक” भन्नाले दफा १४ बमोजिम तोकिएको व्यक्ति सम्झनु पर्छ ।
(त) “मन्त्रालय” भन्नाले नेपाल सरकारको कृषि तथा सहकारी मन्त्रालय सम्झनु पर्छ ।
(थ) “समिति” भन्नाले दफा ३ बमोजिम गठित प्लाण्ट क्वारेन्टाइन समिति सम्झनु पर्छ ।
(द) “सङ्गठन ” भन्नाले दफा ६ बमोजिम नेपाल सरकारले तोकेको राष्ट्रिय बिरुवा संरक्षण सङ्गठनको कार्यालय सम्झनु पर्छ ।
(ध) “प्रवेश अनुमतिपत्र” भन्नाले दफा ७ बमोजिम दिईएको अनुमतिपत्र सम्झनु पर्छ ।
(न) “स्वस्थता प्रमाणपत्र” भन्नाले दफा १२ बमोजिम दिईएको स्वस्थता प्रमाणपत्र सम्झनु पर्छ ।
(प) “संस्था” भन्नाले प्रचलित कानून बमोजिम दर्ता भएको फर्म वा सङ्गठित संस्था सम्झनु पर्छ ।
(फ) “शत्रुजीव जोखिम विश्लेषण (पेष्ट रिस्क एनालिसिस)” भन्नाले बिरुवा वा बिरुवाजन्य उपज पैठारी प्रयोजनको लागि दफा १७ बमोजिम नियमित शत्रुजीव निर्धारण गरिने प्रक्रिया सम्झनु पर्छ ।
(ब) “संकटोत्पन्न क्षेत्र” भन्नाले बिरुवा वा बिरुवाजन्य उपजलाई आर्थिक रुपमा हानि नोक्सानी गर्ने गरी शत्रुजीव स्थापित हुन अनुकूल वातावरण भएको क्षेत्र सम्झनु पर्दछ ।
(भ) “कार्यालय” भन्नाले दफा ३३ बमोजिम स्थापित कार्यालय सम्झनु पर्छ ।
(म) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।