दफा २३
क्षतिपूर्ति भराई दिन सक्ने
: (१) दफा २० बमोजिम गरेको निरीक्षण वा जाँचबुझबाट कुनै उपभोक्तालाई हानि, नोक्सानी भएको वा क्षति पुगेको देखिएमा विभागले त्यस्तो उपभोक्तालाई मनासिब रकम क्षतिपूर्ति भराइदिन सम्बन्धित इजाजतपत्रवाला, वस्तुको
प्रत्यक्ष बिक्रेता वा वितरकलाई आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आदेश प्राप्त भएमा इजाजतपत्रवाला, वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकले त्यस्तो आदेश बमोजिमको रकम आदेश प्राप्त भएको पन्ध्र दिनभित्र सम्बन्धित उपभोक्तालाई प्रदान गरी त्यसको जानकारी विभागलाई दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको अवधिभित्र क्षतिपूर्तिको रकम उपलब्ध नगराएमा विभागले त्यस्तो इजाजतपत्रवालाले राखेको धरौटीबाट पीडित उपभोक्तालाई क्षतिपूर्तिको रकम प्रदान गर्नेछ ।