दफा १०
क्षतिपूर्ति भराउनु पर्ने
: (१) यस ऐन बमोजिमको कुनै कसूर गरी सरकारी, सार्वजनिक वा निजी सम्पत्तिको क्षति भएको रहेछ भने सो कसूर गर्ने वा गराउने व्यक्तिबाट क्षतिपूर्ति भराउनु पर्नेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि मुद्दाको किनारा गर्दा अदालतले उपदफा (१) बमोजिम भराउनु पर्ने क्षतिपूर्तिको रकम समेत निर्धारण गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम क्षतिपूर्ति निर्धारण गर्दा सम्पत्तिमा पुगेको वास्तविक हानि वा नोक्सानीलाई आधार मानी गर्नु पर्नेछ ।
(४) उपदफा (२) बमोजिम निर्धारण गरिएको क्षतिपूर्ति कसूरदारले भुक्तानी गर्नु पर्नेछ र नगरेमा निजको अंशभागमा पर्ने सम्पत्ति लिलाम गरी असुल उपर गर्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम असुल उपर हुन नसकेमा जरिवाना बापत प्रचलित कानून बमोजिम हुने अवधिसम्मको कैद हुनेछ ।