नियम ३६
क्षतिपूर्ति सम्बन्धमा
(१) कसैले बिक्री वितरण गरेको बीउ बिजनको गुणस्तर र गलत सूचनाको कारणले कसैलाई आर्थिक हानी नोक्सानी पुग्न गएमा मूल्याङ्कन समितिले गरेको मूल्याङ्कन र सिफारिशको आधारमा सम्बन्धित पक्षले कृषकलाई क्षतिपूर्ति दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको हानी नोक्सानीको मूल्याङ्कन गर्न देहाय बमोजिमको एक मूल्याङ्कन समिति रहनेछः–
(क) केन्द्रको प्रमुख – संयोजक
(ख) कार्यालयको वरिष्ठ कृषि विकास अधिकृत – सदस्य
(ग) नेपाल कृषि अनुसन्धान परिषदको वैज्ञानिक – सदस्य
(घ) राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड वा नेपाल बीउ व्यवसायी संघ मध्येबाट समितिले तोकेको एकजना – सदस्य
(ङ) सम्बन्धित गाउँ विकास समिति/नगरपालिका वा निजको प्रतिनिधि – सदस्य