दफा २५
क्षतिपूर्ति सम्बन्धी व्यवस्था
(१) यस ऐन विपरीत तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार, बिक्री वितरण, नष्ट वा विसर्जन गरेको वा यस ऐन बमोजिम पालना गर्नु पर्ने शर्त पालना नगरेको कारणबाट कुनै दुर्घटना भई कसैको जीउ, ज्यान वा शारीरिक अङ्ग वा सम्पत्तिमा हानि, नोक्सानी वा क्षति भएमा सम्बन्धित व्यक्तिले त्यसबाट पीडितलाई वा निजको मृत्यु भई सकेको भए निजको एकासगोलको पति वा पत्नी, छोरा, छोरी, बाबु वा आमालाई क्षती र परेको असरको आधारमा मनासिब क्षतिपूर्ति दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको क्षतिपूर्ति पीडित वा निजको मृत्यु भइसकेकोमा उपदफा (१) बमोजिमको निजको हकवालाको उजुरी बमोजिम सम्बन्धित प्रमुख जिल्ला अधिकारीले भराई दिनु पर्नेछ।
(३) यस दफामा अन्यत्र जुनसुकै, कुरा लेखिएको भए तापनि कुनै अदालतमा दायर भएको मुद्दाको क्षतिपूर्तिको/हकमा (सोही अदालतको फैसला बमोजिम हुनेछ।