नियम ३१
खनिज सम्पदा संरक्षण

(१) अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्य गर्दा न्यूनतम भूमिलाई असर पर्ने गरी र खनिज सम्पदाको अधिकतम उपयोग (रिकभरी) हुनेगरी गर्नु पर्नेछ ।
(२) अनुमतिपत्र प्राप्त व्यक्तिले खनिज कार्य गर्दा सकेसम्म उच्च मूल्ययुक्त खनिज पदार्थ उत्पादनमा जोड दिनु पर्छ ।
(३) खनिज कार्य गर्ने व्यक्तिले खनिज कार्य गर्दा सो कार्यबाट निस्किने अन्य पदार्थलाई सकेसम्म बढी उपयोग गरी बिकारयुक्त (वेष्ट) लाई न्यूनतम गर्नु पर्नेछ ।