नियम २क
खनिज सर्भेक्षण कार्य स्वीकृत गराउनु पर्ने

खनिज सर्भेक्षण कार्यमा खटिने दलको प्रमुखले विभागको बार्षिक कार्यक्रमको अधीनमा रही कामदारको सङ्ख्या, आवश्यक मालसामान, मेसिन, औजार तथा सर्भेक्षण कार्यमा लाग्ने खर्च समेतको लगत इस्टिमेट तयार गरी महानिर्देशकबाट स्वीकृत गराइ वा निजको आदेश बमोजिम खनिज सर्भेक्षण कार्य गर्नु पर्नेछ ।