विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस नियममा,–
(क) “खनिज सर्भेक्षण” भन्नाले खानी तथा खनिज उद्योगको विकासको निमित्त नेपाल सरकारको तर्फबाट गराइने सबै किसिमको भौगर्भिक सर्भेक्षण, भू–भौतिक, भू–रासायनिक, भू–वातावरण र शहरी भू–गर्भ अध्ययन तथा अनुसन्धान, साइस्मिक सर्भेक्षण तथा अनुसन्धान, खनिज खोज तथा अन्वेषण, खानी निरीक्षण र मूल्याङ्कनका काम सम्झनु पर्छ ।
(ख) “खनिज सर्भेक्षण दल” भन्नाले खनिज सर्भेक्षण काममा खटिने सरकारी कर्मचारीहरूको दल सम्झनु पर्छ ।
(ग) “दलको प्रमुख” भन्नाले खनिज सर्भेक्षण दलका प्रमुख सम्झनु पर्छ ।
(घ) “खनिज सर्भेक्षण कार्यालय” भन्नाले खनिज सर्भेक्षण दलको अस्थायी कार्यालय सम्झनु पर्छ र सो शब्दले खनिज सर्भेक्षण दलको फिल्ड सर्भेक्षण क्याम्प समेतलाई जनाउँछ ।
(ङ) ……………….
(च) “ज्यालादारी कामदार” भन्नाले खनिज सर्भेक्षण सम्बन्धी मालसामानको सुरक्षा, परिवहन, रेखदेख र अन्य भईपरि आउने काम गर्ने गरी ज्यालादारीमा राखिएको अस्थायी कामदार वा भरियालाई सम्झनु पर्छ ।
(छ) “टोपोग्राफिकल नक्शा” भन्नाले गाउँ–बस्ती, बाटो, खोलानाला समेत देखाइएको नेपालको प्राकृतिक धरातलको बनावट सहितको विभिन्न माप (स्केल) भएको नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृत प्राप्त निकायले प्रकाशन गरेको नक्शा सम्झनु पर्छ ।
(छ१) “विभाग” भन्नाले नेपाल सरकारको खानी तथा भू–गर्भ विभाग सम्झनु पर्छ ।
(ज) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ ।