नियम ५क
खनिज सर्भेक्षण सम्बन्धी सुविधा उपलब्ध गराउनु पर्ने

खनिज सर्भेक्षण दलको कर्मचारीलाई खनिज सर्भेक्षण सम्बन्धी कामको सिलसिलामा आवश्यकता अनुसार हवाइजहाज, रेल, नाउ, डुङ्गा, बस र मोटरको सुविधा तथा वैज्ञानिक उपकरण, भाँडाकुँडा, हात–हतियार, खर–खजाना, बत्ती, औषधी तथा अनुसूची–३ मा उल्लेख भए बमोजिमका क्याम्पि· सामग्रीको सुविधा विभागले उपलब्ध गराउनु पर्नेछ ।